डा. अमरेश कुमार सिंह लण्डन आउँदै, एनआरएनए यूकेद्वारा अन्तरक्रिया कार्यक्रमको तयारी

Amaresh Kumar Singh is coming to London

लण्डन। एनआरएनए यूकेको निमन्त्रणामा नेपालका स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंह आगामी १९ सेप्टेम्बर २०२५ मा लण्डन आउँदै हुनुहुन्छ।

यसैक्रममा, आगामी २० सेप्टेम्बर शनिबार दिउँसो २:०० बजे साउथ ह्यारोस्थित गोल्डेनसीपमा विशेष अन्तरक्रिया कार्यक्रम हुने भएको छ। कार्यक्रममा सुशासन, भ्रष्टाचार नियन्त्रण, वंशजको नागरिकताको निरन्तरता लगायतका विषयमा प्रत्यक्ष संवाद हुने जनाइएको छ।

एनआरएनए यूकेका प्रवक्ता कुल प्रसाद कंडेलले जारी गरेको सूचनामा बेलायतमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ-दिदीबहिनी, सरोकारवाला संघसंस्था, पत्रकार तथा शुभेच्छुकहरुलाई कार्यक्रममा सहभागी भई विचार–विमर्शमा भाग लिन हार्दिक अनुरोध गरिएको छ।

Scroll to Top