नेपालका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि बेलायती राजदूत रोब फेनबीच काठमाडौंमा भेटवार्ता भएको छ।
भेटमा विद्यालय शिक्षाको सुधार, पाठ्यक्रम परिमार्जन, शिक्षकको व्यावसायिक विकास, डिजिटल शिक्षा र खेलकुद क्षेत्रमा सहकार्यलाई निरन्तरता दिने विषयमा छलफल भएको थियो।
बेलायती पक्षले भोटेकोशी बाढी प्रभावित क्षेत्रका विद्यालय शिक्षकको व्यावसायिक विकासमा ब्रिटिश काउन्सिलमार्फत सहयोगको सम्भावनाबारे छलफल भइरहेको जनाएको छ।
स्रोत: Radio Nepal — https://radionepalonline.com/en/2026/09/15/436068.html

